Comments Add Comment

‘नेपालमै हो’ भन्ने प्रश्नले हैरान अशिष्मा

नायिका अशिष्मा नकर्मी बिहेपश्चात नेपाली चलचित्रबाट केही टाढा छिन् । चलचित्र क्षेत्रमा राम्रो स्थान बनाउँदै गर्दा उनले बिहेको निर्णय लिएकी थिइन् । बिहेपछि अशिष्मा नेपाल कम अमेरिकामा बढी बस्ने गरेको पाइन्छ । यसैले उनी नेपालमा देखिइन् भने पनि उनका साथीभाइ, आफन्त, चलचित्रकर्मी र मिडियाकर्मीलाई भने अनौठो नै लाग्छ ।

अशिष्माले एउटा नेपाल भाषाको चलचित्र निर्माण पनि गरेकी छिन् । अशिष्मालाई भेट्ने जो कोहीले पनि अहिले ‘नेपालमै हो’ भन्ने प्रश्न सोध्न थालेका छन् । केही दिन अगाडि एउटा बिहे समारोहमा पुगेकी अशिष्मा सिन्दुर र लेहेङ्गामा सजिइन् । उनले भनिन्–‘साथीहरुको बिहेमा आउँदा पनि आफ्नै ममीको याद आउँछ । छोरीको बिहेमा ममीहरुको आँशु रोकिदैन ।’

अशिष्माले नायिका बर्षा राउतको बिहेमा पुग्दा आफ्नो बिहेको दिन याद गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment