Comments Add Comment

पार्टनरलाई धोका, भन्ने कि नभन्ने ?

भनिन्छ, प्रेम वा दाम्पत्य सम्बन्ध विश्वासमा टिकेको हुन्छ । ‘विश्वास’ नै यस्तो रसायन हो, जसले दुई व्यक्तिलाई प्रेमिल भावमा जोड्छ ।

तर, जब विश्वासको संकट आउँछ, सम्बन्धमा फाटो ल्याउँछ ।

विश्वासमा किन फाटो आउँछ ? जवाफ हो, एकअर्काले छल-कपट गरेपछि । प्रेम वा दाम्पत्य सम्बन्धमा दुबै पारदर्शी हुनुपर्छ । एकअर्काको मन मिल्नका लागि दुबैले एकअर्कालाई छल्ने, झुट बोल्ने जस्ता कुरा पनि त्याग्नुपर्छ ।

छल-कपट, धोकाधडी यस्तो विकार हो, जसले दाम्पत्य वा प्रेम सम्बन्धलाई विस्तारै कमजोर बनाउँदै लैजान्छ ।

पार्टनरलाई धोका

किनकी मानिसहरु अक्सर प्रेममा अन्धो हुने गर्छन् । अन्धोपनाकै कारण उनीहरु प्रेममा के सही के गलत भन्नेसम्म हेर्दैनन् । कहिले काहीँ यस्तो अवस्थासम्म सिर्जना हुन्छ, जहाँ तपाई आˆनै पार्टनरलाई धोका दिन समेत पछि पर्नु हुँदैन ।

चाहे त्यो एक रातको कुरा होस्, वा अत्याधिक मात्रामा मदिरा सेवन पश्चात्त लिएको कुनै निर्णय होस् । त्यतिमात्र हैन, कुनै अफिसमा काम गर्ने सिलसिलामा  पार्टनर छदाँछदै अर्को व्यक्तिसित प्रेम सम्बन्धमा पर्ने कुरामा नै किन नहोस् ?

आखिर, धोका भनेको त धोका नै हो । अब प्रश्न यो उठ्छ कि तपाईं त्यो सम्बन्धलाई कायम राख्न चाहनुहुन्छ कि हुँदैन ? यदी चाहनुहुन्छ भने के गर्ने ?

परिस्थितिको सामना गर्ने ?

भनिन्छ, ‘अनेस्टी इज द बेस्ट पोलिसी’ । तर माया प्रेमको सम्बन्धमा यो निति त्यति धेरै लागु हुँदैन । त्यसैले, धेरैजसो म्यारिज काउन्सिल तथा सेकस थेरापिस्टहरु पनि यो कुरामा त्यति धेरै विश्वास गर्दैनन् । न्युर्योकका सेक्स थेरापिस्ट तथा म्यारिज काउन्सिलर मेगन फ्लेमिङ भन्छन्,’ यो सुन्दा आलोचनात्मक लाग्न सकछ । तर मेरो सुझाव यही हो कि  पार्टनरलाई आफूले दिएको धोकाबारे नबताउँदा नै उचित हुन्छ’ ।

साँचो बोल्ने ?

मेगन भन्छिन्,’ साँचो बोलेर हामी केही समयको लागि बोझबाट मुक्त हुन सक्छौ । तर यो दीर्घकालीन हुँदैन । किनकी एक पटक मात्र पार्टनरसित साँचो बोलेको खण्डमा पनि पार्टनरले तपाईंलाई कहिल्यै भरोसा नगर्न सक्छ  । परिणामस्वरुप, वषर्ाै देखिको तपाईंको सम्बन्ध केही पलमै तहसनहस हुन सक्छ । त्यतिमात्र हैन, तपाईको सम्बन्धको जग हल्लिनुका साथै तपाईंको पार्टनरमा तपाईं प्रति शंका, उपशंका, रिस, क्रोध जस्ता नकारात्मक भावना उत्पन्न हुन सक्छ । र, तपाईको सम्बन्ध दिगो नहुन सक्छ ।

त्यसैले, यदी तपाई साच्चै नै आˆनो सम्बन्धलाई दिगो राख्न चाहनुहुन्छ भने  सबै पहिले त यो सोच्न जरुरी छ कि तपाईंले आˆनो पार्टनरलाई धोका नै किन दिनु भयो ? यस्तो के समस्या आइलाग्यो की पार्टनरलाई धोका दिनु पर्यो ?

यो प्रश्नको उत्तर खोज्दा खोज्दै हुन सक्छ तपाईंलाई विभिन्न समस्याको सामना गर्नु परोस् ।

यसबारे मेगेन भन्छिन्, जब आफ्नो आवश्यकता पार्टनरबाट पूरा हुँदैन भन्ने लाग्छ, तब मानिसहरुले एक अर्कालाई धोका दिने गर्छन् । चाहे त्यो भावनात्मक सम्बन्धको कुरा होस वा सेक्सुअल निड्सको कुरा होस् । जबकी यस्ता कुरा  नजिकैको व्यक्तिसँग कुरा गरेर पनि सजिलै सुल्झाउन सकिन्छ ।

यो भनेको संकटग्रस्त सम्बन्ध (रिलेशन क्राइसिस) को उपज हो । जहाँ पार्टनरको सम्बन्ध संकटमा पर्छ र  उनीहरु संकटलाई सुल्झाउनुको सट्टा अन्य  व्यक्तिको  नजिक जानु उचित सम्झन्छन् । र,  सम्बन्धमा सुधार ल्याउनुको सट्टा सम्बन्धलाई कमजोर बनाउने गर्छन् ।

त्यसो भए के गर्ने ?

परपुरुषसित रात विताइसकेको खण्डमा वा नयाँ पार्टनरसित पनि मनमुटाव भएको खण्डमा फेरी पूरानो सम्बन्धमै जान चाहनु सामान्य हो । त्यो अवस्था पहिले त साचो नबोलेर र फेरी यस्तो गल्ती नदोहर्‍याउने संकल्प गरेर पनि सम्बन्धलाई कायम गर्न सकिन्छ । त्यसबाहेक, परामर्शदाताका गएर पनि आˆनो समस्याको हल निकाल्न सकिन्छ ।

भन्ने कि नभन्ने ?

धेरैजसो व्यक्ति  पार्टनरसित कुनै कुरा नलुकाउनु सुझाव दिने गर्छन । जबकी कयौ व्यक्ति यस्ता कुरा  पार्टनरलाई बताउन हुँदैन भन्ने मान्यता राख्छन् । जबकी मान्छेले के भन्छन् , कसो भन्छन् भनेर सोचिराख्नु भन्दा उचित यही हुन्छ कि जे छ त्यही भनिदिनु पर्छ । त्यसपछि भने जे जे हुन्छ देखा जाला । पार्टनरले सम्बन्ध कायम राख्न चाहन्छ भने पनि ठिकै छ, तोड्छ भने पनि ठिकै छ । किनकी झूटको आधारमा सम्बन्ध टिकाउनु भन्दा सत्य बोलेर सम्बन्ध खतम गर्नु नै उचित हुन्छ ।  यत्ति हो कि साँचो बोल्ने कि नबोल्ने भन्ने कुरा स्वनिर्णयको कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment