Comments Add Comment

प्याकेटको फ्रुट जुस, स्वास्थ्यका लागि कति हानिकारक ?

अहिले हामीलाई स्वस्थ्य, तन्दुरुस्त हुनुछ । यसका लागि फलफूल खानुपर्छ भन्ने चेत पनि छ । फलफूल भन्दा त्यसको जुस छिटो र मिठो लाग्छ ।

त्यसो त बजारमा जुस पाइन्छ, तयारी अवस्थाकै । थरीथरीका फ्लेबर, थरीथरी ब्रान्डको जुस बजारमा उपलब्ध छ । यस्ता फ्रुट
जुसले स्वास्थ राम्रो हुन्छ भन्ने लाग्छ, स्वादिलो हुन्छ भन्ने लाग्छ । हामी बेपर्वाह खाइदिन्छौं ।

बुढापाका, रोगी, बालबच्चालाई दिने सर्वोत्तम पेय पनि यही हो भन्ने हामीलाई लाग्छ । तर, तयारी अवस्थामा आउने यस्ता प्याकेट बन्द फ्रुट जुस कति स्वस्थ्यकर होला ? यसले शरीरलाई लाभ पुर्‍याउँछ कि हानी ?

सोच्नुपर्ने कुरा हो यो ।

तयारी जुस कति स्वस्थ्यकर ?

सामान्यतया, प्याक गरिएको जुसमा फाइबरको मात्रा कम र फ्रुक्टोसको मात्रा धेरै हुन्छ, जसले रगतमा व्लड शुगरको मात्रा बढाउने गर्छ । त्यसैले, ताजा फलफूलको तुलनामा प्याक गरिएको फ्रुट जुसलाई खासै स्वस्थकर मानिदैन ।

यसले स्वास्थ्यलाई खासै फाइदा पनि गर्दैन । किनकी यस्ता फलफूल एक वर्षसम्म स्टोर गरेर राख्न सकिन्छ । जसले गर्दा यसमा रहेका सम्पूर्ण पोषक तत्व नष्ट हुने गर्छ । त्यस्तै पोलुटिन नामक तत्वको प्रयोग गरिएको फ्रुट जुसले यही संकेत गर्छ कि यसमा प्रयोग गरिएका फलफूल न्युन गुणस्तरको छ ।

त्यतिमात्र हैन, यस्ता जुसमा कृतिम स्वाद र गुलियोको प्रयोग गरिएको हुन्छ । जसले गर्दा यो खाँदा मिठो भएपनि स्वास्थ्यका लागि यस्ता जुस खासै राम्रो मानिदैन । यस्ता जुसमा क्यालोरीको मात्रा पनि धेरै हुन्छ जसले गर्दा मानिसहरुमा मोटोपनाको समस्या निम्तिने गर्छ । उदाहरणको लागि एक गिलास एप्पल जुसमा १२० क्यालोरी हुन्छ । जबकी एउटा स्याउमा क्यालोरीको मात्रा ७८ हुने गर्छ ।

यसबाहेक पनि, प्याक गरिएको फ्रुट जुसको खानुका यस्ता धेरै बेफाइदा छन्, जसको बारेमा जानिराख्न हाम्रो लागि निकै जरुरी छ ।

फाइबर हुँदैन

प्याक गरिएको फ्रुट जुस बनाउँदा विभिन्न प्रकारको फलफूलको रसलाई उमाल्ने गरिन्छ । ताकी त्यसमा रहेको व्याक्टेरिया नष्ट होस् ।

यस क्रममा उक्त रसमा रहेको जरुरी भिटामिन तथा प्राकृतिक तत्व पनि नष्ट हुने गर्छ । फेरी प्याक फ्रुट जुस तरल हुने भएकोले यसलाई प्याक गर्नु पूर्व नै यसमा रहेको गुदी (फाइबर)लाई पहिले नै निकालिएको हुन्छ । जसले गर्दा यस्ता जुसले शरीरलाई कुनै फाइदा गर्दैन ।

मोटोपना बढाउँछ

प्याक गरिएको फ्रुट जुसमा चिनीको प्रयोग अत्याधिक मात्रामा गरिएको हुन्छ ।  यसले शरीरमा क्यालोरीको मात्रा बढाउँछ । त्यसैले, तौल कम गर्न चाहने व्यक्तिले फ्रुट जुसको सेवन  गर्नबाट बच्नु पर्छ । विशेषज्ञहरुका अनुसार पनि प्राकृतिक फलफूल तथा सागसब्जीको तुलनामा प्याक गरिएको जूसको सेवनले मोटोपनाको समस्या निम्तिने गर्छ ।

कृतिम रङ्गको प्रयोग

प्राकृतिक फलफूलमा कृतिम रंग प्रयोग हुँदैन ।जबकी कृतिम जुसमा कृतिक रङ्गको प्रयोग अत्याधिक मात्रामा गरिएको हुन्छ । जसले गर्दा त्यस्ता जुस प्राकृतिक देखिने गर्छ । यस्ता कृतिम रङ्गको सेवन शरीरका लागि हानिकारक हुन्छ ।

पेट सम्बन्धि समस्या

कुनै कुनै फलफूलमा सौर्विटौल नामक चिनी पाइन्छ । सजिलै नपच्ने यस्ता चिनीको सेवनले पेट सम्बन्धि विभिन्न समस्या निम्तिने गर्छ । नाशपाती, स्वीट चेरी तथा स्याउ जस्ता फलफूलमा यस्तै चिनी रहेको हुन्छ । परिणामस्वरुप, यस्ता फलयुक्त फ्रुट जुसको सेवनले ग्यास, पेट गडबडी, डायरिया जस्ता समस्या देखिने गर्छ । विशेषगरी, बालबालिकालाई यस्तो जुस पचाउन निकै कठिनाई हुन्छ ।

मधुमेहका विरामीका लागि हानीकारक

मधुमेहका विरामीहरुले प्याक जुस कुनै पनि हालतमा सेवन गर्नुहुँदैन । किनकी यस्ता जुस रिफाइन्ड गरिएको चिनीबाट तयार पारिन्छ ।यदी यस्ता जुसमा सुगर पि|m लेखिएको छ भने पनि मधुमेहका विरामीले यस्ता जुस सेवन गर्नबाट बच्नु पर्छ ।

गुलियो फलफूल, गाँजर, चुकन्दर जस्ता उच्च चिनीयुक्त फलफूल तथा सागसब्जीबाट बनेको जूसले रगतमा चिनीको स्तर बढाउने गर्छ ।

अनियमित व्लड शुगर

प्याक गरिएको फलफूलको जुसमा फलफूलको ब्रोका हुँदैन । जसले गर्दा शरीरले प्राकृतिक फाइबर पाउँदैन । सिङ्गो फलफूल तथा सागसब्जीलाई पचाउनमा शरीरलाई जति समय लाग्ने गर्छ, कृतिक खाद्य पदार्थद्धरा तयार पारिएको प्याक जुसलाई पचाउन शरीरलाई उति नै कम समय लाग्दछ । त्यसैले त, यसको सेवनले शरीरमा व्लड शुगरको मात्रा पनि तुरुन्तै बढ्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment