Comments Add Comment

कृष्ण र विन्दुको ‘घरबार’

नव गायक कृष्ण कार्की र गायिका बिन्दु परियारको आवाजमा समावेश गरिएको ‘घरबारमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कृष्णको डेब्यु गीतमा मोडलद्धय पल शाह र आँचल शर्मालाई देखाइएको छ । गीतमा मायामा आउने घरबार र खानदानको कुरालाई देखाउन खोजिएको छ ।

गीतमा शब्द र संगीत सन्तोष सुनारको छ । गीतको बारेमा गायक कृष्णले भने–‘ युवापुस्ताले यो गीत मन पराउनु हुन्छ भन्नेमा विश्वत छु । मेरो सपना अब साकार भएको छ । आशा छ मैले देखेको सपनाको पथमा म सहि छु ।’ भिडियोलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् भने रामकुमार केसीले छायांकन गरेका हुन् । टेकेन्द्र शाहको भिडियोमा सम्पादन र निर्देशन दुबै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment