Comments Add Comment

फ्याक्ट्स वर्ष पुस्तकको पाँचौ संस्करण बजारमा

६ फागुन, काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्यांक संकलन गरि तयार पारेको वाषिर्क पुस्तक फ्याक्टस अफ नेपाल २०१९ संस्करण  अनावरण गरेको छ ।

यस २०१९ कोवाषिर्क पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्याङ्क संकलन गरि बनाइएको सूचनागत दृष्यचित्र -इन्फोग्राफिक्स) हरु समावेश गरिएका छन् ।

सरल र जानकारीमुलक ढङ्गबाट गरिएको क्षेत्रगत तथ्याङ्कको अन्तर्दृष्टि र विश्लेषण पनि यस संस्करणमा समावेश गरिएको छ । यो पुस्तकमा देशको सामाजिक, आर्थिक, सांस्कृतिकक्षेत्र लगायतका १९ क्षेत्रहरु समेटिएका छन् ।

यो प्रकाशन यस फ्याक्ट्स वाषिर्क पुस्तकको पाँचो संस्करण हो । यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकपि्रयता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्याङ्क र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको छ ।

यो संस्करणको मूल्य ४०० रुपैयाँ राखिएको छ र देशका प्रमुख पुस्तक पसलहरुमा यो पुस्तक उपलब्ध हुनेछ । यस पटक पाठकहरुले यो पुस्तक इसेवा पसल डटकम बाट पनि अर्डर गर्न सक्नेछन् । यसको इ बुक वि-रिडको मोबाइल एप्लिकेशनबाट डाउनलोड गरेर पनि पढ्न सकिनेछ ।

स्वतन्त्र निजी अनुसन्धान मूलक कम्पनीको रुपमा रहेको ˆयाक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ ।

तथ्याङ्कीय पारस्परीक छलफलहरु र सूचनागत दृश्यचित्र -इन्फोग्राफिक्स)लाई बुझ्नको लागि फ्याक्ट्सले अनलाईन समाचारपोर्टल, दैनिकपत्रिका, मासिकपत्रिका र राष्ट्रिय टेलिभिजनहरुसँग साझेदारी गरेर अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment