Comments Add Comment

भारतस्थित उच्च आयुक्तलाई पाकिस्तानले बोलायो

६ फागुन, काठमाडौं । पाकिस्तानले भारतस्थित उच्च आयुक्तलाई इस्लामावाद बोलाएको छ ।

पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फासिलले छलफलका लागि भारतस्थित उच्च आयुक्तलाई बोलाइएको बताएका छन् । उनले उच्च आयुक्त सोहिल महम्मदले सोमबार नै भारत छोडेको पनि ट्विटरमार्फत जानकारी गराएका छन् ।

यसअघि काश्मिरमा भएको हमलाको एक दिनपछि भारतले पनि पाकिस्तानस्थित आफ्ना उच्च आयुक्तलाई छलफलका लागि बोलाएको थियो । काश्मिरको पुलवामामा भएको हमलामा ४४ जना भारतीय सैनिक मारिएका थिए । उक्त घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्धमा थप तिक्तता आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment