Comments Add Comment

वीर अस्पतालमा आज पनि धर्ना

६ फागुन, काठमाडौं । वीर अस्पतालको आधिकारिक कर्मचारी युनियनले अस्पताल परिसरमा सोमबार पनि एक घण्टा धर्ना दिएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) पदाधिकारीविहीन भएको १९५ दिन भइसक्दा पनि नियुक्ति नगरिएको भन्दै  सोमबार दिउँसो एक बजेदेखि दुई बजेसम्म अस्पताल परिसरमा धर्ना दिएका छन् ।

धर्नाका क्रममा ‘न्याम्स पदाधिकारी नियुक्तिको फण्डा, मिल्न सकेन अंशवण्डा लेखिएको प्ले कार्ड प्रदर्शन गरेका थिए । धर्ना कार्यक्रम आयोजना भएको आज छैटौ दिन हो । धर्ना कार्यक्रममा अस्पतालका करिब दुई सय १० कर्मचारी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment