Comments Add Comment

नेविसंघको तदर्थ समितिमा ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न माग

६ फागुन, काठमाडौं । आन्तरिक किचलोमा फसेको नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न विद्यार्थीहरुले माग गरेका छन् ।

बहुमतले पारित भएको विधान कार्यान्वयन गरिनुपर्ने भन्दै निवर्तमान कुन्दनराज काफ्ले समूहले सोमबार विज्ञप्ति प्रकाशित गरी नेतृत्वको ध्यानाकर्षण गराएको हो ।

नैनसिंह महरले अध्यक्षबाट राजीनामा दिएसँगै ११ औं अधिबेशनबाट निर्वाचित कार्यसमिति विगठन भएको छ ।

पार्टीले १२ औं महाधिबेशनका लागि तदर्थ समिति गठन गर्ने तयारी गरिरहेका बेला यो समूहले तदर्थ समितिबाटै ३२ वर्षे उमेर हद कार्यान्वयन गरिनु पर्ने माग गरेको छ । विद्यार्थीहरुले यसो नगरिए फेरि पनि महाधिबेशन संकटमा पर्ने चेतावनी नेतृत्वलाई दिएका छन् ।

साथै विज्ञप्तिमा तत्काल तदर्थ समिति गठन गरी ६ महिनाभित्र १२ औं महाधिबेशन सुनिश्चित गर्ने वातावरण निर्माण गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment