Comments Add Comment

एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

६ फागुन, काठमाडौं । ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसै वर्ष एसईई दिने खेलाडीहरुलाई लक्षित गर्दै एकदिवसीय क्रिकेट प्रतियोगिता हुने जानकारी दिएको हो ।

एसईई दिएका विद्यार्थीलाई ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरी बैशाख अन्तिम साता काठमाडौंमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको हो ।

कार्यक्रममा ब्रमास्मी कलेजसँग मुख्य प्रायोजनको सम्झौता पनि भएको छ । सम्झौतामा नेक्सस एकेडेमीका अध्यक्ष भरत कुमार शाही र ब्रमास्मी कलेजका निर्देशक सुनन्दा रेग्मीले हस्ताक्षर गरे । सम्झौताअनुसार ब्रमास्मीले प्रतियोगिताको लागि सात लाख ५० हजार रूपैयाँ उपलब्ध गराउनेछ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । देशको ११ शहरमा ट्यालेन्ट हन्ट गरी खेलाडी छनोट गरिनेछट । ट्यालेन्ट हन्ट चैत २२ गतेबाट बैशाख १६ सम्म सञ्चालन हुनेछ ।

ट्यालेन्ट हन्ट धनगढी, कोहलपुर, सुर्खेत, दाङ, बुटवल, पोखरा, चितवन, कलैया, विराटनगर, बिर्तामोड र काठमाडौंमा हुनेछ । ट्यालेन्ट हन्टबाट हरेक छनोट केन्द्रबाट पाँचदेखि सात खेलाडी छनोट हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडी छनोट गरी श्रीलंकाको सिरिजमा सहभागिता गराईने आयोजकले जनाएको छ । उत्कृष्ट १४ खेलाडीलाई ब्रमास्मी कलेजले निशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था गराउनेछ ।

प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र म्यानअफदिसिरिज हुनेले नेक्सस क्रिकेट एकेडमीको दिल्ली सेन्टरमा एक वर्षसम्म नि:शुल्क प्रशिक्षणको ब्यबस्था गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment