Comments Add Comment

अत्तरिया डीपीएलको प्लेअफमा, विराटनगर आउट

६ फागुन, काठमाडौं । सीवाईसी अत्तरिया विराटनगर किंग्सलाई १० रनले हराउँदै धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ ।

फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा अत्तरियासँग पराजित भएको विराटनगर भने बाहिरिएको छ । आजको खेलसँगै प्लेअफमा पुग्ने चारवटै टिमको टुंगो लागेको छ । काठमाडौं गोल्डेन्स, अत्तरिया, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड प्लेअफमा पुगेको हो ।

१४९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि आशिफ शेखले ३९ र पृथु बास्कोटाले २७ रन बनाएर टीमलाई जिततर्फ डो¥याएका थिए । तर उनीहरु आउट भएपछि विराटनगरको ब्याटिङ ध्वस्त बन्यो ।

अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले समान ३–३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १४८ रन बनाएको थियो । अत्तरियाका लागि सन्नी पटेल र जयकिसन कोल्सवालाले उत्कृष्ट प्रदर्शन गरे । ६१ रनमा अविजित रहेका उनले ३१ बलमा चार छक्का र पाँच चौका प्रहार गरे । त्यस्तै, कोल्सवाला ५१ रनमा अविजित रहे ।

काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरियाको अन्तिम खेल हुनै बाँकी छ । यी दुबै टिम एक खेलअघि नै प्ले अफमा पुगेका हुन् ।

अन्तिम खेल बाँकी रहँदासम्म काठमाडौं चार खेलमध्ये तीन खेलमा जित र एक खेल बराबरीसहित शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको अत्तरियाले चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । रुपन्देहीले पाँच खेलमा तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर लिगको तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको महेन्द्रनगरको चार अंंक छ । यो पटक महेन्द्रनगरलाई भाग्यले साथ दिएको छ । महेन्द्रनगर प्ले अफमा पुग्नका लागि सोमबारको खेलमा विराटनगर अत्तरियासँग पराजित हुनै पर्ने अवस्था थियो । विराटनगर पराजित भएसँगै महेन्द्रनगरको भाग्य खुलेको हो । यदि विराटनगरले जित हात पारेको भए महेन्द्रनगर बाहिरिने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment