Comments Add Comment

साउदी राजकुमारले म्यानचेस्टर युनाइटेड नकिन्ने

६ फागुन, काठमाडौं । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड किन्ने खबर आइरहेका बेला त्यो झुटो भएको उनका सञ्चार मन्त्रीले जनाएका छन् ।

साउदी सरकारमा उपप्रधानमन्त्रीसमेत रहेका सलमानले म्यानचेस्टर युनाइटेड ३.८ बिलियन पाउण्डमा किन्ने खबरहरु आइरहेका थिए । अमेरिकाका ग्लेजर परिवार अहिले म्यानचेस्टर युनाइटेडका मालिक हुन् । उनीहरुले सन् २००५ को मे महिनामा ७ सय ९० मिलियन पाउण्डमा क्लबको स्वामित्व किनेका थिए ।

पछिल्लो समय साउदी राजकुमारले म्यानचेस्टर युनाइटेड किन्ने कुरा चलिरहँदा उनका सञ्चार मन्त्री तुर्की अल शबानाहले खबर झुटो भएको बताएका हुन् । ‘खबरहरुमा आएजस्तो राजकुमार मोहम्मद बिन सलमानले म्यानचेस्टर युनाइटेड क्लब किन्ने कुनै चाहना राख्नुभएको छैन’ उनले भनेका छन् ।

उनले म्यानचेस्टर युनाइटेडले साउदीको नागरिक लगानी कोषसँग प्रायोजनहरुका बारे छलफल गरेको भए पनि कुनै पनि सम्झौता भइनसकेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment