Comments Add Comment

टी-२० महिला विश्वकप एसिया छनोट : थाइल्यान्ड, यूएई र मलेसियाको जित

नेपालको खेल भोलि

६ फागुन, काठमाडौं । थाइल्यान्ड, यूएई र मलेसियाले आईसीसी टी-२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा विजयी सुरुवात गरेका छन् ।

सोमबारदेखि थाइल्यान्डमा सुरु भएको आईसीसी टी-२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा घरेलु टोली थाइल्यान्डसँगै यूएई र मलेसियाले जित हात पारेका हुन् ।

प्रतियोगिताको उद्घाटन खेलमा थाइल्यान्डले चीनलाई ६ विकेटले पराजित गर्न सफल भयो । आठ ओभरमा छाट्याइएको खेलमा थाइल्यान्डले ३३ रनको लक्ष्य पाएको थियो । थाइल्यान्डले एक बल बाँकी छदै चार विकेटको क्षतिमा भेटायो ।

आजै भएको दोस्रो खेलमा मलेसियाले कुबेतलाई ६३ रनले पराजित गरेको हो । १४० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कुबेत १८.३ ओभरमा ७६ रन हुदा अलआउट भएको थियो । यसअघि मलेसियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

आजै भएको तेस्रो खेलमा यूएईले हङकङलाई २१ रनले पराजित गरेको हो । १०७ रनको विजयी जवाफ पछ्याउँदै ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेटको क्षतिमा ८५ रन मात्रै बनाउन सक्यो ।

नेपालले भने आफ्नो पहिलो खेलमा मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले मलेसियासँग भोली ८ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ ।

त्यस्तै, दोस्रो खेल २१ तारिखमा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने नेपालले २२ तारिख यूएई र २४ तारिख हङकङसँग खेल्नेछ । २५ तारिखमा चीनसँग खेल्ने नेपालले अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment