Comments Add Comment

वर्गीकरणका लागि ८६४ पत्रपत्रिकाको आवेदन

६ फागुन, काठमाडौं । आर्थिक वर्ष ०७४/ ७५ को वर्गीकरणका लागि यस वर्ष ८६४ वटा पत्रिकाको आवेदन परेको छ ।

प्रेस काउन्सिल नेपाल (वितरण सम्परीक्षण समिति)मा आवेदन परेका मध्ये सबैभन्दा धेरै साप्ताहित ५२७ वटा रहेका छन् ।

दैनिक १७४, मासिक ८२, पाक्षिक ११, त्रैमासिक ६, द्वैमासिक ४, अर्ध-साप्ताहिक ३ र साहित्यिक भाषाभाषी सम्बन्धी ५७ वटा पत्रिकाको आवेदन परेको प्रेस काउन्सिलले जानकारी दिएको छ ।

यस्तै, प्रदेशगत रूपमा प्रदेश १ बाट १११, प्रदेश २ बाट १७७, प्रदेश ३ बाट ३८४, गण्डकी प्रदेशबाट ६२, प्रदेश ५ बाट ६३, कर्णाली प्रदेशबाट २३ र सुदूरपश्चिम प्रदेशबाट ४४ वटा पत्रपत्रिकाले आवेदन फाराम भरेका छन् ।

३७ वटाको भने प्रक्रिया नपुगेको र ढिलोगरी आवेदन प्राप्त भएको काउन्सिलले जनाएको छ । यसका सन्दर्भमा बोर्ड बैठकले टुङ्गो लगाउने छ ।

आर्थिक वर्ष ०७३/ ७४ मा वर्गिकरणका लागि ९५३ वटा पत्रपत्रिकाको आवेदन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment