Comments Add Comment

धरान उपमहानगरपालिकाले खेलाडीलाई दियो प्रोत्साहन पुरस्कार

मिर्गौला पीडित प्रशिक्षक विकीलाई एक लाख

Photo Credit : विकास चाम्लिङ राई

६ फागुन, सुनसरी । धरान उपमहानगरपालिकाले धरान उपमहानगरपालिका खेलकुद विकास समितिको संयोजनमा खेल विकास तथा खेलाडी प्रोत्साहनका लागि प्रोत्साहन पुरस्कार वितरण गरेको छ ।

प्रोत्साहन पुरस्कारअन्तर्गत मिर्गौला रोगले पीडित धरान १५ निवासी उसु प्रशिक्षक विकी राई, भारतमा भएको अन्तराष्ट्रिय आमन्त्रित कराते प्रतियोगितामा विजेता खेलाडी र २१औ बुढासुब्बा गोल्डकप पर्वद्धन कपका विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

उपमहानगरपालिकाले मृगौला रोगले २ वर्षदेखि थलिएका उसु प्रशिक्षक राईलाई नगद १ लाख रुपैयाँ, करातेका पदक विजेता २१ जना खेलाडीहरुलाई एकमुष्ठ ५० हजार र १८ जना फुटबल खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरेको हो ।

कराते खेलाडीहरुले डिसेम्बर २७ र २८ मा भारतको लखनउमा भएको प्रतियोगितामा सात स्वर्ण र दुई रजत, जनवरी १९ र २० मा आसममा भएको खेलमा १९ स्वर्ण, आठ रजत र चार कास्य र फेबु्रअरी एकदेखि तीनसम्म भारतको विशाखापटनमा भएको खेलमा दुई स्वर्ण पदक जिन्न सफल भएका थिए । धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी र नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले पुस्रकार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment