Comments Add Comment

बी डिभिजन लिग : श्री भगवतीको फराकिलो जित, दर्शनको हृयाट्रिक

६ फागुन, काठमाडौं । श्री भगवती क्लबले शहिद स्मारक बी डिभिजन लिग फुटबलमा फराकिलो जित हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा श्री भगवतीले पुलचोक स्पोर्टस् क्लबलाई ६-० गोलअन्तरले पराजित गरेको हो । भगवतीको जितमा दर्शन गुरुङले हृयाटि्रकसँगै चार गोल गरे । त्यस्तै, कार्लोस बखारिया र मोहन बहादुर थापामगरले एक गोल गरे ।

खेलको २४औं मिनेटमा गोल गर्दै दर्शनले भगवतीलाई अग्रता दिलाएका थिए । त्यस्तको दुई मिनेट पछि नै कार्लोसले गोल गर्दै २-० गोलको अग्रता दिलाए । त्यस्तै, ३६औं मिनेटमा दर्शनले अर्को गोल थप्दै पहिलो हाफसम्म भगवतीलाई ३-० गोलको अग्रता दिलाएका थिए ।

६७औं मिनेटमा दर्शनले गोल गर्दै हृयाटि्रक पूरा गरेका थिए । योसँगै भगवती ४-० गोलले अघि रहेको थियो । त्यस्तै, ८१औं मिनेटमा मोहनले र अतिरिक्त समयमा दर्शनले गोल गर्दै भगवतीलाई ६-० गोलको जित दिलाए ।

त्यस्तै, आजै भएको खेलमा ब्वाइज युनियन र आरसीटीले १-१ गोलको बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment