Comments Add Comment

मौद्रिक नीतिमार्फत ब्याजदरको समस्या समाधान गर्ने अर्थमन्त्रीको आश्वासन

माग पूरा नभए पुनः प्रधानमन्त्री गुहार्छौं : पवन सारडा

६ फागुन, काठमाडौं । उद्योगी व्यवसायीहरुले उठाउँदै आएको बैंकको व्याजदरको विषय केहि समयका लागि टुंगिएको छ ।

ब्याजदर समस्या समाधान गर्न प्रधानमन्त्रीले उद्योगीहरुकै सामुन्नै निर्देशन दिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार निजी क्षेत्रका प्रतिनिधि र बैंकर्स को बैठक बोलाएका थिए । बैठकमा सरकारी अधिकारीहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदरको विषय सम्वोधन हुने आश्वानस दिएका छन् ।

बैठकमा सहभागी पूर्वबैंकर अनलराज भट्टराईले भने, ‘अर्थमन्त्रीज्यूले पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाटै उद्योगी व्यवसायीहरुको माग सम्वोधन गर्छु भनेपछि बैठक सकिएको छ ।’

पछिल्लो समय विराटनगरका उद्योगी व्यवसायीहरुले ब्याजदरको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । ब्याजदर नघटे उद्योग चलाउन नसकिने भन्दै उनीहरु सडकै उत्रिए । शनिबार प्रधानमन्त्रीलाई भेटेर गुहार मागे ।

प्रधानमन्त्रीले ३ दिनभित्र ब्याजदरको विषयमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जीवि नेपाललाई निर्देशन दिएका थिए । तर प्रधानमन्त्रीको निर्देशनपछि अर्थमन्त्रीले बोलाएको छलफल र यसको निर्णयबाट पनि पूर्वका व्यवसायीहरु भने उत्साहित देखिएनन् ।

बैठकबाट बाहिरिएपछि मोरङ एदोग व्यपार संगठनका अध्यष पवन सडराले अर्थमन्त्रीले राम्रो कुरा गर्नु भएको र मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाले आफ्ना मागहरु सम्वोधन गर्ने बताए । तर, यसमा ढुक्क भने नभएको उनले बताए ।

कर्जाको ब्याजदर एक अंकमा नभए उद्योग चलाउन नसकिने भन्दै उनले यस विषयमा राष्ट्र बैंकले आवश्यक निर्णय लिनेमा आशावादी भएको बताए । यद्यपि, उनले माग पुरा नहुने हो कि भन्ने आशंका भने कायमै रहेको बताए ।

ब्याजदरको माग सम्वोधन नभए फेरि प्रधानमन्त्रीलाई गुहार्न जाने उनले बताएका छन् । ‘सिंगल डिजिट भन्दा बढी ब्याजदर भएमा हामीले उद्योग चलाउन सक्दैनौं’ उनले भने, ‘यो विषय सम्वोधन नभए हामी पुनः प्रधानमन्त्रीसम्म जान्छौं ।’

अर्थमन्त्री डा. खतिवडा बैठक स्थलमा केहिबेर ढिला पुग्दा केहिबेर चर्काचर्की समेत भएको थियो ।

ब्याजदरकै विषयमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना र व्यवसायीबीच चर्काचर्की भएको हो । यद्यपि, अर्थमन्त्री पुगेपछि सौहाद्र्ध पूर्ण वातावरणमा छलफल चलेको थियो ।

यो पनि पढ्नुहोस्

बैंक र बीमा नवसामन्त हुन्, उपभोक्ता ठग्ने काम भइरहेको छ- भीम घिमिरे

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment