Comments Add Comment

प्रेम सञ्जेलको प्रश्न : एउटै बिषयमा कतिपटक उजुरी गर्नुपर्छ ?

७ फागुन, विराटनगर । आफ्नो सरुवा विरुद्ध कडा अभिव्यक्ति दिएपछि चर्चामा आएका नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले साबिकको कार्यालयमा पुनरबहालीको माग गर्दै तेस्रो पटक सामान्य प्रशासन मन्त्रीलाई पत्र लेखेका छन् ।

दुई पटक पत्र लेख्दा जवाफ नपाएपछि सोमबार सञ्जेलले जवाफ नपाए अदालत जाने धम्कीसहित सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रम मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयलाई तेस्रो पत्र लेखेका हुन् ।

दुईवटा पत्रको जवाफ नपाएपछि तेस्रो पटक पत्र उठाउँदै सञ्जेलले भने, ‘नेपालमा एउटै बिषयमा कतिपटक उजुरी गर्नुपर्छ ?’

कर्मचारी समायोजनामा उपसचिव सञ्जेल उद्योग मन्त्रालयमा परेका छन् । तर, आफूलाई नियोजित रुपमा सारिएको बताउँदै उनले साबिबकै मन्त्रालय मातहत रहेर काम गर्न पाउनु पर्ने माग पनि गरेका छन् ।

गत असोज १२ गते श्रम कार्यालय विराटनगरमा हाजिर भएका सञ्जेलको दुई महिनापछि काज सुरुवा भएको थियो ।

श्रम सचिव महेश दाहालले नियोजित रुपमा काज सरुवा गरेको भन्दै पत्रकार सम्मेलन गरी आक्रोश व्यक्त गरेका सञ्जेलले पुस ९ गतेदेखि कार्यालयमा हाजिर हुन पाएका छैनन् ।

समायोजन पूर्व आफ्नो गैरकानुनी सरुवा बदर नगरे अदालत जाने सञ्जेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment