Comments Add Comment

द्वन्द्व सिर्जित अपाङ्गता भएकाहरूको फोटोकथा प्रदर्शन हुने

६ फागुन, काठमाडौं । दशक लामो माओवादी जनयुद्धका क्रममा अपाङ्गता भएकाहरू नीति बहस र फोटो कथा प्रर्दशनी हुने भएको छ । जावलाखेल, ललितपुरमा मंगलबार सुरू हुने प्रदर्शनी चारदिनसम्म चल्ने आयोजक अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालले जानकारी दिएको छ ।

‘द्वन्द्वका जीवित स्मृति’ शीर्षकको प्रर्दशनीमा ५० जना अपाङ्गता भएका द्वन्द्व पीडितको सहभागिता रहनेछ । जसमध्ये ६ जना कथा वाचक हरेकदिन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रत्यक्ष अन्तरक्रियाका लागि उपस्थित हुने आयोजकले जनाएको छ ।

तत्कालिन शान्ति तथा पुनः निर्माण मन्त्रालयबाट राहत बुझेकाको तथ्यांक हेर्दा द्वन्द्वका कारण ८ हजार १९१ जना अपांगता भएका थिए । २०६३ को वृहत शान्ति सम्झौतापछि बेवारिसे बम बिष्फोटमा परेर घाइते र अपांगता भएकाहरू भने संक्रमणकालिन न्यायको बर्तमान प्रक्रियामा समेटिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment