Comments Add Comment

भारतीय ज्वाईंलाई नागरिकता दिलाउने पक्राउ

६ फागुन, सप्तरी । नातामा ज्वाइँ पर्ने भारतीय नागरिकलाई नागरिकता दिलाउने एक व्यक्तिलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ बस्ने उत्तमलाल साह छन् ।

५० बर्षीय साहले ज्वाइँ नाता पर्ने भारतीय नागरिकलाई २०६३ साल माघ १४ गते पिता बनेर झुटो विवरण पेश गरी नागरिकता प्रमाणपत्र दिलाएको प्रहरीको भनाइ छ ।

सोही मुद्दामा उनलाई पक्राउ गरी जिल्ला अदालतबाट कानुन बमोजिम म्याद थप गराई लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment