Comments Add Comment

केन्द्रले अधिकार दिएन भन्नु वाहियात : उपप्रधानमन्त्री पोखरेल

६ फागुन, रामेछाप । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले केन्द्र सरकारले स्थानीय सरकारलाई अधिकार दिएन भन्नु वाहियात भएको बताएका छन् ।

संविधानले नै केन्द्र, प्रदेश र स्थानीयतहको अधिकारको छिनोफानो गरिसकेकोले केन्द्र सरकारले त्यसमा कुनै हस्तक्षेप नगरेको उनले बताए । उनले केन्द्र सरकारले अधिकार दिएन भनेर भन्नुको कुनै अर्थ नभएको बताए ।

दोलखाको किर्नेटारमा आयोजित गाउँपालिका महासंघ ३ नं प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पोख्रेलले भने, ‘संविधानले नै ३ वटा सरकारको अधिकार तोकेको छ, संविधानले तोकेको अधिकारको प्रयोग गर्दै ३ वटै सरकार समृद्धिको बाटोमा अघि बढौँ । अब एकले अर्कालाई दोष लगाएर हैन सहकार्य गरे अघि बढौँ ।’

कार्यक्रममा बौल्दै पोखरेलले वर्तमान सरकार विकास र समृद्धिको लागि प्रतिबद्ध भएर लागेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment