Comments Add Comment

तिलोत्तमा गोल्डकपमा संकटामाथि भ्याली च्यासलको जीत

६ फागुन, बुटवल । संकटा क्लबमाथि सहज जीत निकाल्दै भ्याली च्यासल युथ क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुटवल ११ देवीनगरस्थित एन्फा रंगशालामा सोमबार सम्पन्न खेलमा च्यासलले संकटालाई २—० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको चौथो मिनेटमा विदेशी खेलाडी अर्माण्ड बेडियमले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

लगत्तै आठौं मिनेटमा सजिन थापा मगरले टिमका लागि दोस्रो गोल गरेका थिए । खेल अवधिभर रक्षात्मक खेलेको संकटाले पाएका केही अवसरलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले विफल तुल्याइदिएका थिए ।

खेलमा च्यासलका अर्माण्ड म्यान अफ दि म्याच घोषित भई नगद १० हजार पुरस्कार हात पारे । मंगलबार विभागीय टिमरतको दार्जिलिङ युनाइटेडबीच पहिलो क्वाटर फाइनल खेल हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए ।

फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार,उपविजेताले ५ लाख ५० हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment