Comments Add Comment

छापामा आज : कार्यदल बाइपास गरेकोमा नेकपामा असन्तुष्टि

मन्त्री हेरफेरको तयारी, ओली–प्रचण्डबीच छलफल

केही दिनदेखि चर्चामा रहेका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक आज पनि अधिकांश पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेका छन् । उनीमाथि छानबिन गर्न दबाव बढाइरहेका पत्रिकाहरुले त्यसबारे महान्यायाधिवक्ताको कार्यालयले दिएको रायलाई आज विभिन्न शीर्षकमा उतारेका छन् ।

तल्लो तहसम्मको एकतालाई टुंग्याउन नेकपा अध्यक्षद्वयले देखाएको अग्रसरताप्रति पार्टी नेताहरुले असन्तुष्टि जनाएकोलाई पनि आजका पत्रिकाले समाचार बनाएका छन् ।

त्यस्तै, प्रधानमन्त्रीले मन्त्री हेरफेरको तयारी गरेको, नेपाल–भारत सीमाका २ हजार बढी सीमास्तम्भ गायब भएकोलगायत समाचारलाई पनि आजका पत्रिकाले प्राथमिकतापूर्वक छापेका छन् ।

घुस प्रकरणमा तानिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक अनुसन्धानबारे महान्यायाधिवक्ताको कार्यालयले कुनै संवैधानिक र कानूनी नरहेको भनेर दिएको रायलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । महान्यायाधिवक्ताले छानबिन गर्न राय दिएपछि आयोगलाई निर्णय लिन सहज भएको अन्नपूर्णको समाचारमा उल्लेख छ ।

अन्नपूर्णले नेकपासँग सम्बन्धित खबरलाई पनि पहिलो पृष्ठमा ‘कभरेज’ गरेको छ । अन्नपूर्णका अनुसार, कार्यदललाई हस्तक्षेप गर्दै अध्यक्षद्वय केपी ओली र प्रचण्डले अग्रसरता देखाएपछि नेकपा नेताहरु रुष्ट बन्न पुगेका छन् ।

अन्नपूर्ण लेख्छ– सोमबार बसेको नेकपा सचिवालय बैठकमा एकता प्रस्ताव तयार पार्र्ने जिम्मेवारी पाएको कार्यदललाई काम गर्न थप समय दिने÷नदिनेमा नेताबीच मत बाझिएको छ ।

राजधानीले नेकपाको एकता प्रक्रियामा विलम्ब हुँदा पार्टी कार्यक्रम शून्य भएको लेखेको छ । पार्टी एकताले कार्यकर्तामा उत्साह आउनुपर्नेमा उल्टो निराशा छाएको राजधानीको ठहर छ ।

आजबाट २७ औं वर्षमा प्रवेश गरेको कान्तिपुर दैनिकले मुख्यमन्त्रीहरुको गुनासोलाई मुख्य समाचार बनाएको छ । ‘मुख्यमन्त्रीहरु भन्छन्– केन्द्रिकृत मानसिकता मुख्य बाधा’ शीर्षक समाचारमा कान्तिपुर लेख्छ– मुख्य मन्त्रीहरुले संघीयता कार्यान्वयनका लागि केन्द्रिकृत मानसिकता मुख्य वाधक बनिरहेको बताएका छन् । प्रदेश १,२,३,५, गण्डकी र कर्णाली प्रदेशका मुख्इमन्त्रीले अझै पनि केन्द्रबाट संविधानअनुसारका अधिकार पूर्ण रुपमा पाइनसकेको गुनासो गरे ।

सोचेअनुरुपको काम नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री हेरफेरको तयारीमा जुटेको दाबी नेपाल समाचारपत्रले गरेको छ । समाचार अनुसार, यसमा पार्टी अध्यक्षद्वयबीच भद्र सहमति नै भइसकेको छ । स्रोतको हवाला दिँदै समाचारपत्रले एक–दुई मन्त्री मात्रै बदल्दा असन्तुष्टि बढ्ने भएकाले सबै मन्त्रीलाई फिर्ता बोलाउन लागिएको दाबी गरेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका पहिलो पृष्ठ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment