Comments Add Comment

मौद्रिक नीतिको समीक्षा : कर्जा बढी प्रवाह हुँदा जोखिम बढ्यो (पूर्ण पाठसहित)

७ फागुन, काठमाडौं । ब्याजदर वृद्धिको चर्को बहस चलिरहेका बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ । सोमबार अर्थमन्त्रालयमा भएको छलफल मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाले ब्याजदरको समस्या सम्बोधन गर्ने भन्दै टुंगियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल र डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी मन्त्रालयमा भएको छलफल सकिएलगत्तै बालुवाटार पुगे । सोमबार साँझ छलफलबाट बाहिरिएर गभर्नरले राति नै राष्ट्र बैंकको बोर्ड बैठक बसाए । अन्ततः रातारात सोमबार नै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भयो ।

उद्योगी व्यवसायीहरुले उठाउदै आएको ब्याजदरको विषय मौद्रिक नीतिले सम्बोधन गरेको राष्ट्र बैंकको दाबी छ । मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले मुलुकको आर्थिक स्थिति सामान्य रहेको उल्लेख गरेको छ । आर्थिक वृद्धिदर यस अघिको जस्तै हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलनमा भएको वृद्धि गत वर्षको भन्दा बढी भएको समीक्षामा उल्लेख गरिएको । तथापि, निक्षेप र कर्जाका बीच सन्तुलन कायम हुन नसकेको राष्ट्र बैंकले उल्लेख गरेको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी भएका कारण मूल्य तथा बाह्य क्षेत्र स्थायित्वमा प्रतिकूल प्रभाव पर्नसक्ने जोखिम रहेको राष्ट्र बैंकको स्वीकारोक्ति छ । के–के समेटियो त मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा ?

हेर्नुहोस् पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment