Comments Add Comment

महिला टी–२० : मलेसियालाई नेपालले दियो १ सय २७ रनको लक्ष्य

Photo Credit : फाइल तस्वीर

७ फागुन, काठमाडौं । थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा अहिले नेपालले आफ्नो पहिलो म्याच मलेसियाविरुद्ध खेलिरहेको छ । टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै मलेसियालाई एक सय २७ रनको चुनौती दिएको छ ।

प्रारम्भिक ब्याट्सउमन सीता राना मगरले नेपालका लागि सर्वाधिक ४२ रन बनाइन् । ४० बलको सामना गरेकी उनले २ चौका प्रहार गरेकी थिइन् । उनले पहिलो विकेटका लागि काजल श्रेष्ठसँग ४६ रनको साझेदारी गर्दै नेपाललाई बलियो प्लेटफर्म बनाउन सफल भइन् । काजलले २९ बलमा ३ चौकासहित १६ रन बनाएर आउट भइन् ।

मध्यक्रममा आएकी कप्तान रुबिना चौधरीले आक्रामक पारी खेल्दै २५ बलमा अविजित ३३ रन बनाउँदै नेपालको इनिङ उकासिन् । उनको इनिङमा पनि ३ चौका सामेल थिए । यसैगरी इन्दु बर्माले १४ बलमा १३ रन बनाइन् । भेट्रान नेरी थापा १३ बलमा ६ रन बनाएर रनआउट भइन् ।

मलेसियाका लागि दुराइसिंगम, शाशा आज्मी र जुमिका आज्मीले १–१ विकेट बाँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment