Comments Add Comment

अस्ट्रेलियाका नेपाली सेफ र रेष्टुराँ व्यवसायी संगठित हुँदै

अस्ट्रेलिया / अस्ट्रेलियामा नेपालीहरु नेपाली रेष्टुराँ व्यवसायमा लागेको दुई दशक भन्दा बढी भइसकेपनि अन्य समुदायका रेष्टुराँजस्तो व्यापकता भने पाउन सकेको छैन । यही व्यवसायबारे सिड्नीमा उपस्थित सेफहरुले बहस सुरु गरेका छन् ।

टु टेबल्स र नेपाल टुरिजम बोर्डको एक्स्पेरिएन्स नेपाल नामक अभियानको संयुक्त आयोजनामा क्याम्सीस्थित एडिज् किचेनमा १८ तारिखमा सेफहरुले नेपाली खाना विस्तारको सम्भावना तथा चुनौतीका विषयमा छलफल गरेका हुन् ।

छलफलबाट अस्ट्रेलियामा नेपाली सेफहरु संगठित हुनुपर्ने निश्कर्ष निकालेको छ । कार्यक्रममा वैज्ञानिक तथा अस्ट्रेलियामा पहिलो नेपाली रेस्टुराँका संस्थापक डा नारायण प्रधानले अस्ट्रेलियामा नेपाली खानालाई व्यवसायिक रुपमा सुरु गर्दाका अनुभव बाँड्दै भने–पहिले हामीले नेपाल चिनाउनकै लागि नेपाली रेष्टुराँ स्थापना गरेका थियौं । अब व्यवसायीक रुपमा नयाँ पुस्ताले विस्तार गर्नुपर्छ ।

त्यस्तै कार्यक्रममा गुठी अस्ट्रेलियाका सल्लाहकार तथा पर्यटन अभियान्ता पदम शाक्यले अस्ट्रेलियामा नेपाली रेष्टुराँले स्थापित हुँदा नेपालको फुड टुरिजम प्रवर्धन हुने बताए । त्यसका लागि नेपाली सेफ तथा रेष्टुराँ व्यवसायी संगठित भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

एडिज किचेनका अमित र अन्जना ढकालले अस्ट्रेलियामा नेपाली खाना स्थापित हुने क्रममा रहेकाले एक अर्कालाई सहयोग गर्दै हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए ।

टु टेबल्सका सुरज प्रधानले अहिले अस्ट्रेलियामा नेपाली फुड इन्डष्ट्रि ४० वर्षअघि इटालियन फुड इण्डष्ट्रिको जस्तै रहेको बताए । उनले भने, ‘मैले केही अध्ययन गर्दा के पाएको छु भने त्यतीबेला इटालियन फुड इण्डष्ट्रि यतिबेला हाम्रोजस्तै थियो । तर उनीहरु एक भए परिषद् गठन गरे र अघि बढे । अहिले इटालियन खाना विश्वभर स्थापित छ ।’

वर्ल्ड फुड टुरिजम संगठनका नेपालका लागि एम्बासडर रहेका प्रधानले यही मे २३/२४ मा नेपालको काठमाडौँमा एसियाकै पहिलो फुड टुरिजम समिट आयोजना गर्न लागेको बताए ।

टु टेबल्सका शिशिर कंडेलले नेपाली खानाको मौलिकता हराउँदै गएको र यसको बारे खोज-अनुसन्धान अपरिहार्य रहेको प्रस्ट पारे । साथमा अहिलेका युवा सेफहरुले नेपाली खानाको मौलिकतालाई प्रबर्धनगर्दै समयानुकुल परिस्कृत पनि गर्दै जानु पर्ने देखिएको बताए ।

कार्यक्रममा सेफ हरि लामिछानेले भने, ‘नेपाली सेफहरु संगठित हुनुपर्ने आवश्यक्ता देखेको छु । यसबाट सीप विकास र व्यवसाय विस्तारमा निकै फाइदा पुग्नसक्ने देखेको छु ।’ यही कुरालाई थप गर्दै सेफ अशोक तमाङ्गले पनि सबै जना सेफहरु एकीकृत भइ अगाडि बढ्नु पर्ने विचार राखे ।

कार्यक्रममा सेफहरु परशुराम पाठक, गौरभ भुसाल, सागर श्रेष्ठ, सचिन श्रेष्ठ तथा अन्य सेफहरुले पनि यही धारणा व्यक्त गरेका थिए ।

रेस्टुराँ व्यबसायी अशोक तिमिल्सिना, पुस्कल थकाली, गम्भीर सापकोटाहरुले नेपालमा विभिन्न समुदायको खाना पहिचान गरी एउटै मेन्यु बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

टु टेबल्सले छिट्टै नेपाली खाना र फुड टुरिजम प्रवद्र्धनका लागि नयाँ कार्यक्रमहरु लिएर आउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment