Comments Add Comment

कर्मा र आनाको ‘किच किचे माया’

चलचित्र ‘दि म्यान फ्रम काठमाण्डौ’ चैत्रको १ गतेबाट रिलिज हुँदैछ । नेपाली र अंग्रेजी भाषामा बनेको यो चलचित्रमा केही विदेशी र केही नेपाली कलाकारले अभिनय गरेका छन् । यो चलचित्रमा समावेश ट्रेलर र गीतले दर्शकलाई खासै आकर्षित गर्न सकेको छैन । यहीविचमा, चलचित्रमा समावेश अर्को एउटा गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘किच किचे माया’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सुजेन्द्र डी कार्कीको शब्द तथा संगीत छ भने चन्दध्वज केसीको स्वर छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कर्मा शाक्य र आना शर्मालाई देखाइएको छ । भिडियोमा सविन शाक्यको कोरियोग्राफी छ । यो गीतको भिडियोलाई रेनशा वान्तवा राइको कोरियोग्राफी छ । निर्देशक पेमा ढोन्डुपको निर्देशनमा तयार भएको यो चलचित्रमा नकिम उद्दिन र पेमाको लगानी छ ।

यो चलचित्रमा जोसे मानुइल, आना शर्मा, बलिउडका कलाकार गुल्सन ग्रोबर लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment