Comments Add Comment

कास/एसएमएस प्रयोग गरेरै सिग्नल वितरण गर्न टेलिभिजन सेवा प्रदायकलाई निर्देशन

Photo Credit : प्रतिकात्मक तस्वीर

७ फागुन, काठमाडौं । सरकारले डिजिटल प्रणालीमा गएका टेलिभिजन सेवा प्रदायकलाई अनिवार्य कास/एसएमएस प्रयोग गर्न निर्देशन दिएको छ ।

एनालग टेलिभिजन सेवामा रोक लगाएको सरकारले डिजिटल प्रणालीमा गएकालाई पनि कास/एसएमएस जडान गरी सिग्नल वितरण गर्न निर्देशन दिएको हो ।

डिजिटल प्रणालीमा रुपान्तरण भएका कतिपय केवल टेलिभिजन संस्थाहरुले डिजिटल प्रसारण प्रणालीको मुख्य आधार कन्डिस्नल एक्सेस सिस्टम/सब्सक्राइबर म्यानेजमेन्ट सिस्टम (कास/एसएमएस) जडान नगरेको पाइएपछि त्यसलाई अनिवार्य गर्न निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

कास/एसएमएस प्रयोग नगरी बाइपास गरेर टेलिभिजन सिग्नल वितरण गरिएको भेटिए कानुन बमोजिम कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

‘कन्डिस्नल एक्सेस सिस्टम’ को छोटकरी रुप हो कास । यो सिस्टम इन्टरनेट र टेलिभिजन सेवामा अनाधिकृत उपभोगमा रोक लगाउन प्रयोग गरिन्छ ।

प्याकेजमा नकिनेका च्यानललाई हेर्न रोक लगाउने र मूल्य तिरेका च्यानल उपभोग गर्न छुट दिने यो सिस्टमको काम हो । यो सिस्टम नहुँदा महंगा च्यानल पनि यसै उपलब्ध हुन्छ ।

सब्सक्राइबर म्यानेजमेन्ट सिस्टमलाई छोटकरीमा एसएमएस भनिएको हो । टेलिभिजन सेवा प्रदायकले आफ्ना ग्राहकका जरुरी सूचना, भुक्तानी, भण्डारण र व्यवस्थापन गर्नलाई यो सिस्टम प्रयोग गर्छन् ।

तर, नेपालका कतिपय टेलिभिजन सेवा प्रदायकले एसएमएस सिस्टम नगरेको पाइएपछि सरकारले यसमा थप नियमन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment