Comments Add Comment

‘जानी नजानी’मा निरिशा ‘मिरा’ बन्दा ‘बर्षा’ बनिन् नम्रता

चैत्र १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जानी नजानी’को एउटा गीत सार्वजनिक भैसकेको छ । चलचित्र रिलिज हुन एक महिना पनि बाँकी नरहेको अवस्थामा पनि यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको छैन । तर, चलचित्रको क्यारेक्टर पोष्टर भने रिलिज गरिएको छ । सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका मुख्य ४ कलाकार मनिष श्रेष्ठ, सन्नी सिंह, नम्रता श्रेष्ठ र निरिशा बस्नेतलाई देख्न सकिन्छ ।

चलचित्रमा नम्रता ‘बर्षा’को भूमिकामा देखिएकी छिन् भने निरिशाले ‘मिरा’को भूमिका निर्वाहा गरेकी छिन् । मनिषले ‘देव’को भूमिका निर्वाहा गर्दा सन्नीले ‘चिराग’को भूमिका निर्वाहा गरेको देख्न सकिनेछ । चलचित्रमा यी चार जनाको कथा भनिएको छ । चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । आधुनिक प्रेम कथाको यो चलचित्रलाई सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । चलचित्रमा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसीको पनि अभिनय छ । चलचित्रलाई रोशनी केसीले निर्माण गरेकी हुन् । आधुनिक यूवापुस्ताको प्रेम कथामा यो चलचित्र बनाएको उनको भनाई छ ।

चलचित्रमा आफ्नो भूमिकाको बारेमा निरिशाले भनिन्–‘यो चलचित्रमा म एक कर्मचारीको भूमिकामा छु । जसले आफ्नो लागि आफै गर्छिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment