Comments Add Comment

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

७ फागुन, हेटौंडा । कान्तिलोक पथ मार्ग अन्तर्गत हेटौंडा चौघडा सडसकखण्डमा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना५ख ३४५९ नम्बरको ट्याक्टर क्याम्पाडाँडामा पल्टिदा बागमती गाउँपालिका-२ का २३ वर्षीय  रोशन वाइवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घटनामा ट्याक्टरका चालक हेटौंडा-१४ नयाँवस्तीका प्रदीप प्रजा घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment