Comments Add Comment

डीपीएल क्रिकेट : काठमाडौंद्वारा अत्तरियालाई ७६ रनको लक्ष्य

७ फागुन, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटअन्तर्ग लिग राउण्डको अन्तिम खेलमा काठमाडौं गोल्डेन्सले सीवाईसी अत्तरियालाई ७६ रनको लक्ष्य पेश गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ७५ रन मात्रै बनाउन सक्यो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३२ रन बनाए । त्यस्तै, योगेन्द्रसिंह कार्कीले १३ र अंकित दबासले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक पनि जोड्न सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । उनले २ ओभर बलिङ गर्दै चार रन मात्र खर्चेर तीन विकेट लिएका हुन् ।

झिनो लक्ष्य पछ्याउँदै केही बेरमा अत्तरियाले ब्याटिङ थाल्नेछ ।

यी दुबै टिम प्लेअफमा पुगिसकेको टिम हो । त्यस्तै, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड पनि प्ले अफमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment