Comments Add Comment

सिद्धार्थ क्लब शहीद स्मृति कपको फाइनलमा

७ फागुन, बुटवल । रुपन्देहीको बुटवलमा जारी चौथौ शहीद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा सिद्धार्थ क्लब चपरहट्टी फाइनल प्रवेश गरेको छ ।

शहीद स्मृति खेलकुद क्लबको आयोजना तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीको सहकार्यमा भएको प्रतियोगितामा मंगलबार संयुक्त युवा क्लब नहरपुरलाई ३–२ पराजित गर्दै सिद्धार्थ फाइनल पुगेको हो ।

रामनगर खेलमैदानमा भएको खेलमा सिद्धार्थको जितमा जीत बस्नेतले चौथो मिनेट, अनिश गुरुङले ३५ औ मिनेट र सुनिल राईले ७० औ मिनेटमा गोल गरेका थिए । संयुक्तका सरोज क्षेत्रीले खेलको २६ औ र अजित गुरुङले ३७ औं मिनेटमा गोल गरे ।

दोस्रो सेमिफाइनल खेलमा बुधबार देशभक्त युवा क्लब नवलपरासीले सुनौलो संगम युवा क्लबको सामना गर्ने खेल संयोजक विजय आचार्यले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५० हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत रुपमा ३ जना खेलाडीलाई समेत सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १० टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment