Comments Add Comment

पिंकाथन हाफ म्याराथन हुने

७ फागुन, काठमाडौं । पिंकाथन हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । काठमाडौं पिंकाथनले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

शनिबार हुने तेस्रो संस्करणको पिंकाथन म्याराथनको सम्पूर्ण तयारी पूरा भएको काठमाडौं पिंकाथनका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी दिए ।

करिब २५ सयले भाग लिने प्रतियोगितामा तीन स्पर्धामा प्रतिस्पर्धा हुने छ । हाफ म्याराथन -२१ किलोमिटर) को विजेताले ५१ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उपविजेता हुनेले ३१ हजार र तेस्रो हुनेले २१ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

त्यस्तै, १० किलोमिटरको विजेताले ३१ हजार, उपविजेताले २१ हजार र तेस्रो हुनेले ११ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । पाँच किलोमिटर दौडको विजेताले ११ हजार रुपैयाँ पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment