Comments Add Comment

आईपीएलको ड्र सार्वजनिक, सन्दीपको टीमले पहिलो खेल मुम्बईसँग खेल्ने

७ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ड्र (खेल तालिका) सार्वजनिक भएको छ ।

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले आईपीएलको ड्र मंगलबार सार्वजनिक गरेको हो । ड्र अनुसार पहिलो खेल २३ मार्चमा हुने भएको छ ।

उद्घाटन खेलमा साविक विजेता चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

चेन्नाई भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीको टिम हो भने बेंग्लोर अहिलेका कप्तान विराट कोहली रहेको टिम हो । त्यस्तै, दोस्रो खेलमा कोलकात्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादसँग २४ मार्चमा प्रतिस्पर्धा गर्नेछ ।

२४ मार्चमै हुने दोस्रो खेलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment