Comments Add Comment

नेपाल पुलिस तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

७ फागुन, बुटवल । विभागीय टिम नेपाल पुलिस क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवलको देवीनगरस्थित एन्फा रंगशालामा मंगलबार सम्पन्न खेलमा भारतको पाहुना टोली दार्जिलिङ युनाइटेडलाई २-० गोल अन्तरले पाखा लगाउँदै पुलिस विजयी भएको हो ।

पुलिसको जितका लागि रवि पासवानले पहिलो हाफमा थपिएको अतिरिक्त समय (४७ औं मिनेट) मा पहिलो गोल गरेका थिए भने मिलन राईले ६८ औं मिनेटमा खेलको अन्तिम गोल गरेका थिए ।

पाहुना टोली दार्जिलिङ युनाइटेडका खेलाडीले गरेको केही गोल प्रयासलाई पुलिसका गोलरक्षक रोशन खड्काले उत्कृष्ट बचाउ गर्दै विफल तुल्याइदिएका थिए ।

खेलमा पुलिसका रवि पासवान म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरसकार हात पारे ।

बुधबारको दोस्रो क्वाटर फाइनल खेल विदेशी टिम दाफिन्स एफसी क्यामरुन र झापा ११ बीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए ।

फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार,उपविजेताले ५ लाख ५० हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment