Comments Add Comment

लभ रोमान्सः कसरी अरुलाई आकर्षित गर्ने ?

प्रेम एक स्वभाविक प्रक्रिया हो । भनिन्छ, प्रेम गरिदैन आफै हुन्छ । प्रेम गर्ने भन्दा पनि स्वत् प्रकट हुने कुरा हो । त्यसैले कुनै विपरित लिंगबीच स्वभाविक रुपमा आकर्षण हुन्छ भने, उनीहरुमा प्रेम अंकुराउन सक्छ ।

तर, दुबैको मनमा एकसमान प्रेम पैदा हुँदैन । कुनै पुरुष वा महिलाले एकअर्कालाई देखेपछि, भेटेपछि, कुरा गरेपछि उनीहरुबीच घनिष्ठता बढ्छ । त्यसपछि एकले अर्कालाई मन पराउन थाल्छन् । आकषिर्त हुन थाल्छन् । यहाँसम्म एकतर्फी प्रेम हुन्छ ।

जब कसैलाई मन पराउनुभयो

मानौं, कुनै युवाले एक युवतीलाई देख्छ । भेट्छ । उनीहरुबीच कुराकानी हुन्छ । यसै क्रममा उक्त युवतीको सौन्दर्य, व्यक्तित्व, बोलीचाली, व्यवहार, शैली, बौद्धिकता आदिबाट युवक प्रभावित हुनसक्छन् । यो प्रभाव उनको मनमा यसरी रहन्छ कि, हरक्षण उनै युवतीसँग भेट्ने, नजिकिनले आकंक्षा पलाउँछ ।

अनेक वहाना गरेर ति युवक युवतीको नजिक पुग्ने प्रयास गर्छन् । भेट्छन् । बोल्छन् । जति-जति उनीहरुबीच यस किसिमको भेटघाट बढ्दै जान्छ, मनमा बेग्लै किसिमको अनुभूत हुन थाल्छ । अब ति युवामा आशक्ति बढ्दै जान्छ युवतीप्रति । उनी हरक्षण युवतीको साथ खोज्न थाल्छन् । युवतीकै आसपासमा रहन थाल्छन् ।

तर, यहाँसम्म आइपुग्दा पनि युवतीलाई यस कुराको कुनै भेउ नभएको हुनसक्छ । वा उनले केही संकेत पाएको हुनसक्छ । यसलाई एकतर्फी प्रेम भनिन्छ ।

एकतर्फी प्रेम

वास्तवमा प्रेमको सुरुवात एकतर्फी नै हुने हो । त्यसपछि जब ति युवाले एक कदम अघि बढेर युवतीसामु आफ्नो भावना प्रकट गर्छ, तब उनीहरुको सम्बन्धले नयाँ मोड लिन्छ । युवतीले उनको प्रस्तावलाई स्विकार्न सक्छन् । अस्विकार गर्न पनि । आखिर जे भएपनि, यही बिन्दुबाट उनीहरुले सम्बन्धको नयाँ मोडमा प्रवेश गर्छन् ।

प्रेम एक मानविय तत्व हो । यो चाहेर वा गरेर हुने होइन । आफै हुने हो । त्यसैले प्रेम गर्नुलाई अन्यथा मान्न सकिदैन । तर, जब कसैले आफ्नो प्रेमलाई अस्विकार गर्छ भने त्यहाँ केही न केही समस्या छ भनेर बुझ्न सकिन्छ ।

समस्या के हुनसक्छ भने, युवतीले आफुलाई प्रेमको नजरले हेरेकै छैनन् । वा उनी अरु कसैको प्रेममा छन् । वा उनी प्रेममा विश्वास गर्दैनन् । वा उनले आफुलाई मन नपराएको हुनसक्छ ।

यी सबै अवस्थामा युवाले जवरजस्ती गर्नु जायज हुँदैन । किनभने अरुको भावनालाई नबुझी वा सम्मान नगरी प्रेम प्राप्त हुँदैन । प्रेम जबरजस्ती प्राप्त गर्ने कुरा पनि होइन । भनिन्छ नि, प्रेममा प्राप्ति भन्दा त्याग महत्वपूर्ण हुन्छ । समर्पण महत्वपूर्ण हुन्छ ।

कसरी प्रेम प्रकट गर्ने ?

कसैलाई मन पराइयो । कसैप्रति आकषिर्त भइयो । यो हाम्रो गल्ती होइन । अकषिर्त हुनु, मन पराउनु, प्रेम आशक्ति बढ्नु एक मानविय प्रवृत्ति नै हो ।

खासगरी बैशालु उमेरमा हामी कुनै युवा वा युवतीप्रति आकषिर्त हुन्छौं । किनभने हामीले सुन्दै आयौं, यो प्रेम गर्ने उमेर हो । प्रेम गर्नु भनेको कुनै विपरित लिंगप्रतिको एक स्वभाविक आकर्षणबाट पैदा हुने कुरा हो ।

तब, हामी कसैप्रति आकषिर्त हुन्छौं । उनलाई प्रेम गर्ने आकंक्षा राख्छौं । हामी त अरु कसैप्रति आकषिर्त भयौं । तर, उनलाई सोझै ‘म तिमीलाई प्रेम गर्छु’ वा ‘आइ लभ यु’ भन्न मिल्दैन । यसरी प्रेम पनि हुने होइन ।

यसको सोझो अर्थ के भने, यदि कसैप्रति हामी आकषिर्त भयौं भने हामीले उनको मनोभाव बुझ्नुपर्छ । के उनको मनमा पनि यस्तै भावना प्रकट भएको छ ? के उनीपनि मप्रति आकषिर्त भएका छन् ? उनले मेरो बारेमा के सोच्छन् ?

यस किसिमको भावना कसरी बुझ्ने त ? उनले आफुलाई मन पराएको वा आकषिर्त भए/नभएको कुरा कसरी व्यक्त हुन्छ त ?

कसैले आफुलाई मन पराउँछ ?

सामान्यत कोही यदि आफुप्रति आकषिर्त छ भने उनको हाउभाउ, व्यवहार, बोल्ने शैली आदिबाट भेउ पाउन सकिन्छ । कुनै युवा वा युवती आफुप्रति आकषिर्त छन् भने उनले अनेक वाहाना गर्छन्, बोल्नका लागि । नजिक हुने यत्न गर्छन् । मनको कुरा गर्न खोज्छन् । सामिप्य खोज्छन् । साथ खोज्छन् ।

फोनमा होस वा सामाजिक सञ्जालमा, कुनै न कुनै रुपमा जोडिन चाहन्छन् । कुनै काम नभएपनि बोल्छन् । यस किसिमको व्यवहार देखियो भने, ढुक्क भए हुन्छ उनी तपाईंप्रति आकषिर्त छन् ।

त्यसो त अरुलाई आफुप्रति आकषिर्त गर्ने केही काइदा पनि छन् ।

यदि तपाईं कुनै युवतीलाई रुचाउनुहुन्छ, मन पराउनुहुन्छ भने उनको ध्यान तपाईंले आफुतर्फ खिच्न सक्नुहुनेछ । यसका लागि तपाईंले उनलाई अलि बढी नै केयर गर्नुपर्छ । उनको सोधीखोजी गर्ने, कुनै सहयोग गर्ने जस्ता काम गर्नुपर्छ । तर, यो भन्दा अगाडि उनको भावना बुझ्नुपर्छ । उनको भावना कस्तो छ ? के गर्दा उनी खुसी हुन्छन् । उनलाई के मनपर्छ ? के कुराले आकषिर्त गर्छ ?

उनको मनोभाव बुझ्नुभयो भने त्यही अनुसार तपाईंले आफुलाई प्रस्तुत गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment