Comments Add Comment

वीरका कर्मचारी सातौं दिन पनि धर्नामा

७ फागुन, काठमाडौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारी नियुक्तिको माग गर्दै वीर अस्पतालका आधिकारिक कर्मचारी यूनियनले मंगलबार सातौं दिन पनि अस्पताल परिसरमा धर्ना दिएको छ ।

न्याम्सका पदाधिकारी रिक्त भएको आज १९६ दिन भइसक्दासमेत नियुक्ति गर्ने तर्फ सरकारको ध्यान नगएको भन्दै उनीहरुले अस्पताल परिसरमा धर्ना दिएका हुन् ।

धर्नाका क्रममा कर्मचारी युनियनले न्याम्सका उपकुलपति तत्काल नियुक्ति गर्न तथा न्यान्समा रिक्त रहेका अन्य पदाधिकारीमा प्रतिष्ठानतर्फको कर्मचारी मध्यबाट कम्तीमा ५०/५० नियुक्ति गर्नुपर्ने दुई बुँदे माग राख्दै आएका छन् ।

उक्त माग पूरा नभएसम्म उक्त धर्ना कार्यक्रम जारी रहने वीर अस्पतालका आधिकारिक कर्मचारी यूनियनका सचिव दीपक मुडवरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment