Comments Add Comment

स्प्राईटको डबल डोज, ‘रिफ्रेस पनि रिचार्ज पनि’

७ फागुन, काठमाडौं । कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्नो उत्पादन स्प्राईटको “स्प्राईट डबल डोज, रिफ्रेस् पनि रिचार्ज पनि” नामक समर क्याम्पेन सार्वजनिक गरेको छ ।

स्प्राईटले धेरै उपभोक्तमाँझ पुगेर उनीहरुलाई रिफ्रेस् बनाउने उद्देश्यले यस क्याम्पेन सार्वजनिक गरिएको छ । यस क्याम्पेनमा ग्राहकहरुले कोका–कोला ब्रान्डका स्प्राईट, कोका–कोला, फान्टा लेमन, फान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल (आरजीबी) किनेर सहभागी हुन सक्नेछन् ।

स्प्राईटले यस अभियानको टिभीसी पनि सार्वजनिक गरेको छ । उक्त टिभी कमरसीयलमा स्प्राईटका ब्रान्ड एम्बेस्डर अनमोल के.सी., अभिनेत्री सुपुष्पा भट्ट र युट्यूबर जिबेश गुरुङ रहेका छन् । ग्राहकहरुले स्प्राईट खाएर रिफ्रेस हुनुका साथै आफ्नो फोनमा रिचार्ज गर्न पनि सक्नेछन् ।

उक्त क्यापेनमा प्रोमोस्नल क्रियाकलाप, ग्राउन्ड एक्टीभेसन हुनेछन् ,साथै राष्ट्रिय दैनिक पत्रिका र अनलाइनमा विजेताहरुको नाम घोषणा गर्ने कम्पनीले जनाएको छ ।

यस अफरमा सहभागी हुन ग्राहकहरुले बिर्कोको तल्लो भागमा रहेको ८ अंकको युनिक कोड ३६७६८ मा एसएमएस गर्नुपर्नेछ । उक्त योजना ३१ मार्च २०१९ सम्म मात्र लागू हुने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment