Comments Add Comment

निर्मला पन्त हत्याको प्रहरीले गलत ढंगले छानबिन गर्‍यो : मानवअधिकार आयोग

७ फागुन, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्त प्रकरणमा गलत ढंगबाट छानबिन अघि बढाइएको बताएको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को ‘नेपाल मानवअधिकार वर्ष पुस्तक-२०१८’ विमोचन गर्दै प्रहरीले गलत तरिकाले घटनाको छानबिन गरेको दावी गरेका हुन् ।

शर्माले मुलुकमा महिला हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै महिला हिंसालगायत मानवअधिकार हनन्को घटना हुन नदिन सरकार असफल रहेको टिप्पणीसमेत गरे । यसबाट राज्यका संयन्त्र नै असफल भएको पुष्टि भएको उनको भनाए छ ।

पुस्तकमा यस वर्ष महिलामाथि हुने हिंसा बलात्कारलगायतको घटना गत वर्षको तुलनामा वृद्धि भएको उल्लेख गरिएको छ ।

गतवर्ष करिव ७ सयको हाराहारीमा बलात्कारलगायतका महिला हिंसाको घटना भएकोमा यसवर्ष बढेर एकहजार ४०० अर्थात् दोब्बर हुन पुगेको पुस्तकमा उल्लेख गरिएको हो ।

राज्य पक्ष तथा अन्य पक्षबाट हुने मानवअधिकार हनन्को घटनामा भने कमी हुँदै गएको पनि पुस्तकमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment