Comments Add Comment

च्याम्पियन्स लिग : लिभरपुल कि बायर्न म्युनिख ?

७ फागुन, काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्युनिख साथै स्पेनिस क्लब बार्सिलाना र फ्रेन्च क्लब लियोनबीच खेल हुँदै छ ।

मंगलबार राति पौने २ बजे लियोनको घरेलु मैदान ग्रुपामा रंगशालामा बार्सिलोना र लियोनबीच खेल भइरहँदा लिभरपुलले आफ्नो मैदान एन्फिल्डमा बायर्न म्युनिखको सामना गरिरहेको हुने छ ।

लिभरपुल आफ्नै मैदानमा भए पनि प्रतिबन्धमा परेका सेन्टर ब्याक भर्जिल भ्यान जिक र घाइते रहेका जोय गोमेजबिना मैदान उत्रनुपर्ने छ । डेजान लोभेरन पनि घाइते रहेकाले उनको स्थानमा फाबियानोले सेन्टर ब्याक सम्हाल्नुपर्ने देखिन्छ ।

बायर्नका जेरोमि बोयटेङ पनि बिरामी भएकाले लिभरपुलविरुद्धको खेलमा हुने छैनन् । बायर्न प्रशिक्षक निको कोभेक पनि केही खेलाडी समस्यामा रहेकाले परिवर्तनहरु देखिने बताउँछन् ।

केही तथ्य हेर्दा

बायर्नले युरोपियन प्रतिस्पर्धामा लिभरपुलविरुद्धको सात खेलमा एक खेल मात्रै जितेको छ । चार खेल बराबरी भएका छन् भने दुई खेल हारेको छ । एन्फिल्डमा बायर्नले लिभरपुलविरुद्ध खेलेको तीन खेलमा अहिलेसम्म गोल गर्न सकेको छैन ।

यस्तै युरोपियनस प्रतिस्पर्धालाई हेर्दा एन्फिल्डमा लिभरपुल पछिल्लो १९ खेलमा अपराजित रहेको छ । जसमा १४ खेल जितेको छ भने ५ खेल बराबरी गरेको छ । लिभरपुलले घरेलु मेदानमा पछिल्लो पटक हारेको २०१४ मा रियल मड्रिडसँगको खेलमा हो ।

एजाक्स, बार्सिलोना, लियोन र पोर्टोसहित बायर्न म्युनिख जारी सिजनको च्याम्पियन्स लिगमा अपराजित रहेको छ । ६ खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ । साथै जारी सिजन सेट पिसेसमा गोल गर्न सबैभन्दा माहिर टिम पनि बायर्न म्युनिख नै देखिएको छ । जसमा कर्नर किक पाएकै बेला मात्रै बायर्नले पाँच गोल गरेको छ ।

यो पनि पढ्नुहोस् : च्याम्पियन्स लिग : बार्सिलोनालाई लियोनको चुनौती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment