Comments Add Comment

पर्यटन बोर्डको कार्यकारी सदस्यमा विप्लव र पम्फा नियुक्त

७ फागुन, पोखरा . नेपाल पर्यटन बोर्डमा २ कार्यकारी सदस्य नियुक्त भएका छन् ।

पोखराका पर्यटन व्यवसायी विप्लव पौडेल र धादिङकी पर्यटन व्यवसायी पम्फा धमला बोर्ड सदस्यमा नियुक्त भएका हुन् ।

नयाँ बोर्ड सदस्य छनोटका लागि टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल टानका अध्यक्ष नवराज दाहाल र नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाका अध्यक्ष सिएन पाण्डेलगायत एक सिफारिस कमिटी गठन गरिएको थियो ।

सिफारिसका आधारमा नेपाल पर्यटन सँस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्ड सदस्यमा मनोनयन गरेका हुन् ।

उनीहरुको कार्यकाल ३ वर्षको हुने छ । पर्यटन बोर्डको सदस्य नियुक्त भएका पौडेल पोखराको बाराही हस्पिटालिटी ग्रुपको कार्यकारी निर्देशक हुन् ।

पौडेलले नेपाल पर्यटन वर्ष–२०११ को कार्य सम्पादन समिति सदस्य र पश्चिमाञ्चल क्षेत्रका संयोजक बनेर काम गरेका थिए । पौडेले नेपाल भ्रमण वर्ष–२०२० को कार्य सम्पादक समिति सदस्यसमेत हुन् ।

पश्चिमाञ्चल होटल संघ पोखराका पूर्वअध्यक्ष भएर काम गरिसकेका पौडेल नेपाल होटल संघका केन्द्रीय सदस्य छन् ।

पौडेलले सरकारको लक्ष्य निर्धारण र पर्यटन विकासमा ज्ञान सीप प्रयोग गर्ने बताए ।

सफल महिला पर्यटन व्यवसायी धमला बोर्डको पूर्व सञ्चालक समिति सदस्यसमेत हुन् । उनी लाङटाङ रि-ट्रेकिङका प्रबन्ध निर्देशकसमेत छिन् ।

सञ्चालक समिति सदस्य कृष्ण अर्याल र पूर्णबहादुर कुँवरको कार्यकाल सकिएपछि उनीहरु नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment