Comments Add Comment

पाठकबारे प्रधानमन्त्रीले भने : राजीनामा दिँदैमा कारबाहीबाट उम्किँदैनन्

७ फागुन, डडेल्धुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदैमा अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठक कारबाहीबाट नजोगिने बताएका छन् ।

चमेलिया जलविद्युत् आयोजना अर्न्तगत डडेल्धुराको स्याउलेमा निर्माण गरिएको १३२/३३/११ केभी सव स्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अख्तियारका सदस्यहरु समेत करबाहीबाट उम्किन  राजीनामा दिएर भाग्नुपर्ने अवस्थामा छ । तर, कोही पनि कारबाहीबाट उम्कन पाउँदैनन् ।’

पाठकको नाम नलिई उनले कोही पनि कारबाहीबाट बच्न नसक्ने बताए । उनले भने, छानविन हुन्छ, कारबाही हुन्छ ।’

७८ लाख रुपैयाँ घुस लिउको सार्वजनिक भएपछि अख्तियारका तत्कालीन आयुक्त पाठकले हालै मात्र राजीनामा दिउका थिए ।

प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने दोहोर्‍याए । भ्रष्टाचार गर्ने जो सुकै भए पनि कारबाही गर्ने उनले बताएका छन् ।

यो पनि पढ्नुस्ः 

एक हजारसम्म छाड्दैनथे राजनारायण

महाअभियोगबाट जोगिन अख्तियारका आयुक्त राजनारायणद्वारा राजीनामा

तीन सदस्यीय कमिटी गठन गरेर अख्तियारले थाल्यो राजनारायण पाठकमाथि अनुसन्धान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment