Comments Add Comment

आजका पत्रिका : संसदमा लुट, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट

८ फागुन, काठमाडौं । सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले दिएको राजीनामादेखि राजनारायण पाठकमाथि अख्तियारले थालेको छानबिनसम्मका विषयलाई आजका पत्रिकाहरुले आफ्नो प्राथमिकतामा राखेका छन् । त्यस्तै, संसद् सचिवालयको गाडी खरिद, सरकारी आयोजनाको अवस्था र गैरसरकारी संस्थाका गतिविधिमाथि पनि आजका पत्रपत्रिकाहरुले नजर लगाएका छन् ।

संघीय संसद् सचिवालयले थन्क्याएका १२ वटा गाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सद्दे भन्दै लगेकोलाई नागरिकले मुख्य समाचार बनाएको छ । प्रधानमन्त्री कार्यालयले संसद् सचिवालयबाट लगेको ३ स्कार्पियो, ६ वटा कार, दुईवटा टाटा सुमो र एउटा बस परीक्षण गर्दा सद्दे पाइएको छ ।

स्रोतको हवाला दिँदै नागरिक लेख्छ– कमिसनको लोभमा सद्दे गाडीलाई बिग्रिएको भन्दै नयाँ किन्न थन्क्याएर राखिएको हो ।

पछिल्लो दुई वर्षमा विदेशमा उच्च शिक्षा अध्ययनका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या १ लाख पुगेको अर्को खबर पनि नागरिकमा छ ।

क्यामोमाइल खेती थालेका झापाका एक कृषकको तस्वीर छापेको कान्तिपुरले घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकमाथि अख्तियारले छानबिन थालेको लेखेको छ । सरकारले सञ्चालन गरेका आयोजनाहरुको सोधीखोजी पनि कान्तिपुरले गरेको छ । कान्तिपुरका अनुसार सरकारले सञ्चालन गरेका ९ सय ६ ठेक्कामध्ये ६ सय २३ वटा लथालिंग अवस्थामा छन् । यी ठेक्का २० अर्ब ७६ करोडका हुन् ।

अन्नपूर्णले राजनीतिक दलहरुको क्रियाशीलताबारे मुख्य समाचार बनाएको छ । सत्तारुढ दल नेकपा र प्रतिपक्षी कांग्रेस आन्तरिक झमेलामा फसेका बेला साना दल भने गाउँ पसेको अन्नपूर्णको समाचारको सार छ ।

गोरखापत्रले देशको सेवामा जुट्न प्रधानमन्त्रीले गरेको आग्रहलाई मुख्य समाचार बनाएको छ भने राजधानीले गैरसरकारी संस्थाका गतिविधिबारे एक सामग्री छापेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment