Comments Add Comment

च्याम्पियन्स लिग : लिभरपुल र बायर्न बराबरीमा

Photo Credit : च्याम्पियन्स लिग

८ फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले बार्यन म्युनिखसँग बराबरी खेलेको छ ।

मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब बार्यन म्युनिखसँग गोलरहित बराबरी खेलेको हो । लिभरपुलले आफ्नै मैदानमा बार्यनसँग गोलरहित बराबरी खेलेपछि अब प्रि(क्वाटरफाइनलको दोस्रो लेगमा भने जित हात पार्न निकै कठिन हुने भएको छ ।

तुलनात्मक रुपमा लिभरपुलभन्दा बार्यनले खेल राम्रो खेलेको थियो । ५१ प्रतिशत बल नियन्त्रणमा राखेको बायर्नले गोल गर्ने अवसर भने कमै पायो ।

पहिलो हाफकै लिभरपुलले अग्रता बनाउने राम्रो अवसर गुमाएको थियो । लिभरपुलका साडियो मानेले पेनाल्टी एरियामा पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा पनि गोलरहित बराबरी हुँदै खेल टुंग्याएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment