Comments Add Comment

डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै

८ फागुन, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं गोल्डेन्स रसीवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदैछ ।

ड्रिम फाप्ला मैदानमा डीपीएलको पहिलो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरियाबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दिउँसो १२ बजेर ३० मिनेटमा सुरु हुनेछ ।

दुवै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियासँग लिग चरणको खेलमा भने पराजित भएको थियो ।

लिग राउण्डको अन्तिम खेलमा काठमाडौं अत्तरियासँग सात विकेटले पराजित भएको थियो । लिग चरणमा ७५ रनमै अलआउट भएको काठमाडौंको क्वालिफायर राउण्डमा भने अत्तरियालाई बदला लिदै फाइनलमा पुग्ने लक्ष्य छ । यता अत्तरिया भने लिग राउण्डमा जस्तै नतिजा निकाल्दै फाइनल पुग्ने दाउँमा छ ।

लिगको शीर्ष स्थानमा रहेको अत्तरियाले पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोर्दै आठ अंक बनाएर पहिलो क्वालिफायरमा प्रवेश गरेको थियो । त्यस्तै, पाँच खेलमध्ये तीन खेलमा जित, एक खेलमा हार र एक खेल वर्षाको कारण रद्द भएपछि सात अंक बनाएको काठमाडौं पनि लिगको दोस्रो हुदै क्वालिफायरमा प्रवेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment