Comments Add Comment

किसान दम्पत्तिले फलाए मान्छे जत्रै बन्दाकोपी

काठमाडौं । अष्ट्रेलियाको एउटा किसान दम्पत्तिले ९ महिना लगाएर झण्डै वयस्क मान्छेकै आकारको भिमकाय बन्दाकोपी फलाएका छन् ।

तास्मानियन उपत्यकास्थित ज्याकिस मार्समा बस्ने रोजमेरी नरउड र उनका पति सिन क्यामम्यानडले आफ्नै पर्यापर्यटक गेष्टहाउसको करेसाबारीमा गत वर्षको अपि्रलमा बन्दा रोपेका थिए ।

महिनौँसम्मको गोडमेल तथा स्याहारपछि गत जनवरी महिनासम्ममा उक्त बन्दा यति भिमकाय बन्यो कि त्यसको आकार झण्डै मान्छेको जत्रै भयो ।

उक्त बन्दालाई किटपतंग तथा जनावरबाट बचाउनका लागि उनीहरुले बारबन्देज गर्नुका साथै निकै मिहिन जालीले छोपेका थिए ।

अन्ततः जनवरी महिनामा उनहरुले त्यो बन्दा टिपे । त्यो बन्दाबाट यतिधेरै पत्ता प्राप्त भयो कि त्यसले उनीहरुको गेष्ट हाउसमा आउने पाहुनाहरुका लागि झण्डै २ हप्ताका लागि सलाद तथा बन्दाको अन्य परिकारका लागि पर्याप्त भयो ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment