Comments Add Comment

प्रधानमन्त्रीबाट सभामुख, मेयर बन्न संसदबाट पनि राजीनामा !

८ फागुन, काठमाडौं । टर्कीका सभामुख बिनाली यल्ड्रियमले इस्तानबुलको मेयर पदको चुनाव लड्न भन्दै पदबाट राजीनामा दिएका छन् । इस्तानबुलमा ३१ मार्चमा मेयर पदको चुनाव हुँदैछ ।

पुरानो संसदीय प्रणालीको अन्तिम प्रधानमन्त्रीसमेत रहेका बिनाली सन् २०१८ को जुलाइ महिनामा सभामुख चुनिएका थिए । उनले सन् २०१९ फेब्रुअरी १८ तारिखमा पद त्यागे ।

उनले आफ्नो विदाइ समारोहमा सांसदहरुलाई सम्बोधन गर्दै भने, ‘सात महिनासम्म काम गर्न पाउँदा म खुसी छु । मैले राजनीतिक दललाई भेदभाव नगरी काम गर्ने कोशिस गरें, एक प्रकारले सम्झौता नै गरें ।’

उनले थपे, ‘म पुरानो संसदीय प्रणालीको अन्तिम प्रधानमन्त्री थिएँ । नयाँ राष्ट्रपति शासन प्रणाली लागु भएपछि पहिलो सभामुख बनें । अब म स्थानीय चुनाव लड्ने पहिलो सभामुख हुनेछु ।’

सन् २०१८ जुन २४ मा राष्ट्रपति चुनाव भएलगत्तै संसदले बिनाली यल्डि्रयमलाई सभामुख चुनेको थियो । उनीप्रति विपक्षी दल आक्रोशित थिए । उनलाई विपक्षी दलका सांसदहरुले टर्कीको संविधान उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए ।

बिनालीको राजीनामापछि आगामी पाँच दिनभित्र सभामुख पदको निर्वाचन गराउने टर्कीको संसदले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment