Comments Add Comment

सुदूरपश्चिमको संसदमा प्रधानमन्त्रीको स्वागत

८ फागुन, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको संसदलाई आज सम्बोधन गर्दैछन् । अन्य प्रदेशहरुको संसदलाई यसअघि नै सम्बोधन गरिसकेका ओलीले आज सुदूरपश्चिम संसदलाई सम्बोधन गर्न लागेका हुन् ।

त्यसका लागि उनी प्रदेशसभा भवन प्रवेश गरेका छन् । उनलाई प्रदेश मुख्यमन्त्री, सभामुख, मन्त्री, सांसद् तथा संसद् सचिवालयका कर्मचारीले रातो कार्पेट बिछ्याएर स्वागत गरे।

प्रधानमन्त्रीले संसद बैठकमा बोल्ने विषयबारे केही नबताइए पनि प्रदेशको विकास तथा सम्भावनाबारे धारणा राख्ने अनुमान गरिएको छ ।

संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन । तर विदेशी सरकार प्रमुख या राष्ट्रप्रमुखले भने प्रदेश सरकारलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सम्बन्धित सभाका सभामुखसँग अनुमति लिनुपर्ने व्यवस्था प्रदेश नियमावलीमा छ ।

त्यसैले कतिपय सांसदहरुले प्रधानमन्त्रीको सम्बोधनबारे कानूनी समस्या रहेको औंल्याएका छन् । यसअघि प्रधानमन्त्रीले अन्य प्रदेशहरुमा सम्बोधन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment