Comments Add Comment

फिल्ममा लगानी गर्दै साहिद

बलिउडका नायक साहिद कपुरलाई भर्सटायल कलाकारको रुपमा चिनिन्छ । अब भने उनको परिचय नायकमा मात्र सिमित नहुने भएको छ । साहिदले अब चलचित्रमा लगानी पनि गर्ने भएका छन् । साहिदले उनको आगामी प्रोजेक्ट ‘डिङ्को सिंह’मा लगानी गर्न लागेका हुन् । यो चलचित्रमा साहिद मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।

यो चलचित्र पुराना बक्सर खेलाडी नगम्गमोको जीवनीमा आधारित रहेर निर्माण हुन लागेको हो । यी खेलाडीले १९ वर्षको उमेरमा बैंकक एसियन खेल जितेका थिए ।

बायोपिक स्पोर्ट ड्रामा भनिएको यो चलचित्रलाई राजा कृष्ण मेनोनले निर्देशन गर्नेछन् । अहिले चलचित्रको कथामा काम भइरहेको छ । चलचित्रको कथा तयार गर्न केही कठिन भइरहेको भए पनि यसै वर्ष चलचित्रको छायांकन सुरु गरिने निर्माण पक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment