Comments Add Comment

कोमल र दीपाले गरे ‘सिने इक्यूमेन्ट’को उद्घाटन

काठमाण्डौको अनामनगरमा ‘सिने इक्यूमेन्ट हाउस’ संचालनमा आएको छ । निर्देशक बसन्त निरौला र पब्लिसिटी डिजाइनर बिजय बस्यालले संयुक्त रुपमा यो हाउसको उद्घाटन गरेका हुन् । चलचित्र छायांकनका लागि चाहिने सम्पूर्ण उपकर यो हाउसमा पाइने निरौलाले जानकारी दिए ।

यो हाउसको राष्ट्रिय सभाकी सदस्य एवं गायिका कोमल वली, निर्देशक दीपाश्री निरौला र निर्देशक तथा कलाकार रमेश वुढाथोकीले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा शुभकामना दिदै वलीले बर्ष दिनभरी नै हाउसका सामान चलचित्र तथा अन्य प्रयोजनका लागि व्यस्त होस् भनेर शुभकामना दिइन् ।

नेपालमा चलचित्र, म्यूजिक भिडियो तथा विज्ञापन मेकिङको क्रम बढेसँगै यस्ता खालका हाउसहरुको संचालन पनि बढेको छ । संचालकमध्येका एक बसन्त निरौलाले आफूहरुले लामो सोच बोकेर यो हाउस संचालनमा ल्याएको बताए । बजारमा आउने नयाँ प्रविधीलाई पनि हाउसमा भित्राउने योजना रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment