Comments Add Comment

जब ट्याक्सीमा छुटेको गरगहना लिएर चालक ट्राफिक कहाँ पुगे…

८ फागुन, काठमाडौं । काठमाडौका एक सवारी चालकले ट्याक्सीमा छुटेको गरगहना र पर्स फिर्ता गरेका छन् ।

अनामनगरबाट नैकापसम्म जाँदा ट्याक्सीमा सेवाग्राहीले छाडेको सामान धरान घर भइ हाल पुरानो बानेश्वर बस्दै आएका ३८ वर्षीय चालक सिमल राईले फिर्ता गरेका हुन् ।

उनीले ट्याक्सीमा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको गरगहना, नगद र लेडिज पर्स आफ्नो ट्याक्सीमा ग्राहकले छाडेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुझाएका थिए । त्यसपछि ट्राफिक प्रहरीले सामान हराउने गुल्मीकी २८ वर्षीया वसन्ता भुषाललाई खोजेर सामान हस्तान्तरण गरेको छ ।

महाशाखाका प्रहरी निरीक्षक केशव भट्टका अनुसार भुषालकी सहोदर बहिनी हाल थापागाउँ बस्दै आएकी २४ वर्षीया सोनियालाई सामान जिम्मा लगाइएको छ । फिर्ता गरिएका सामानमा मंगल सुत्र, चन्द्रमुखी, तिलहरी, घाटीको हार, औंठी, नगदलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment